नियम
शुरु हुलाकले गर्ने काम शुरु हुलाकले गर्ने काम

(१) आन्तरिक हुलाक वस्तुको सम्बन्धमा शुरु हुलाकले वैरङ्गको
आवरण (कभर) मा ड्यू टाँचा लगाइ त्यसमा नपुग महसूलको दोब्बर रकम जनाइ पूरा
महसुल लागेको हुलाक वस्तु सरह चलान गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम चलान भएको हुलाक वस्तु ठेगानावालाकहाँ डेलिभरी
नभई ठेगाना हुलाकबाट फिर्ता भई आएमा सो वैरङ्ग पठाउनेलाई फिर्ता डेलिभरी गरी
निजबाट डयू टाँचामा जनिएको महसुल असुल गरिनेछ । वैरङ्ग पठाउनेले चुक्ता गर्नु पर्ने
महसुल बुझाउन इन्कार गरी आफूले पठाएको हुलाक वस्तु फिर्ता डेलिभरी लिन नचाहेमा
निजको नाममा आएको कुनै पनि हुलाकवस्तु रोक्का गरिनेछ । त्यसरी रोक्का गरिएको हुलाक
वस्तु लिन मनासिब माफिकको म्याद दिई सूचना गर्दा पनि निजले नपुग महसुल बुझाई लिन
नआएमा निजको रोक्का राखिएको सबै हुलाक वस्तु प्रेषककहाँ नै फिर्ता गरिनेछ ।